गाई र गोरु पूजाः समृद्धि, कृतज्ञता र प्रकृतिप्रतिको सम्मान
काठमाडौं। गाई, गोरु र अन्य पशु-पक्षीको पूजा पनि प्रकृति पूजक परम्परासँग सम्बन्धित छ। गाई र गोरुको पूजा कृषि, जीवनोपार्जन र धार्मिक कर्मसँग जोडिएको छ।
गाईलाइ त हामीले लक्ष्मी माता र आमाको स्वरुप वा पोषण दाताको स्वरुपको रुपमा पनि पूजा गर्ने गर्दछौं। किनभने गाईको दुध पान गर्नाले शरिरमा उर्जा उत्पन्न हुने गर्दछ। गाईको अगाडि पछाडि सम्पुर्ण ब्रम्हा, विष्णु र महेश्वर जस्ता भगवानहरु रहने भएकाले यसलाई गौ माताको रुपमा मानिन्छ।
हिन्दु धर्म संस्कृती तथा संस्कार अनुसार वैतरणी तर्नको लागि पनि गाईको पुच्छरको आवश्यकता रहेको छ। साथै जुनसुकै कर्म गर्दाखेरीपनि गाईको गौदान गर्ने प्रचलन रहेको छ।
त्यपछि मात्रै हामीले शुभ कर्महरु गर्ने गर्दछौं। गाईको त दैनिक रुपमा पनि पूजा पाठ गर्ने परम्परा रहेको छ। तरपनि विशेषगरी कार्तिक कृष्ण औंसी वा कुनै समय तिथिका कारण शुक्ल प्रतिपदाका दिनहरुमा पनि गौ माताको पुजा गर्ने गरिन्छ।
लक्ष्मीपूजाको दिन, माता लक्ष्मीको आराधना गरिन्छ। यस दिन घर-आँगनमा दीप प्रज्वलन गरिन्छ र सम्पत्ति, सुख र समृद्धिको कामना गरिन्छ। धनत्रयोदशीको दिन, पुराण अनुसार, लक्ष्मीमाताको कृपाले स्वर्गबाट अमरावती र कुबेरसँग भएको सम्पत्ति फिर्ता ल्याइएको थियो। त्यसैले सुन, चाँदी, धातु र अन्य मूल्यवान वस्तु किन्न र पूजा गर्ने चलन छ।
गोरुलाई पनि अन्न दाताको रुपमा पुजा गर्ने प्रचलन रहेको छ। कृषिप्रधान देश भएकाले हामीले हलो जोत्न पनि गोरुको प्रयोग गर्ने गर्दछौं। वर्षभरी जोतेको गोरुलाई यसदिन गोरुको खुरमा तेल लगाउने, सिङमा रंग लगाउने, शरिरमा बेसार र तिलको छाप लगाउने र माला लगाएर र मिठो अन्न खान दिएर पूजा गर्ने चलन परापूर्व काल देखि हाल सम्म रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment