पूर्व राजदूत झाका हत्या आरोपी पुर्पक्षका लागि जेल चलान
काठमाडौं । पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा पक्राउ परेका आरोपी कान्छाराम तामाङलाई पुर्पक्षका लागि जेल चलाना भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा पठाउन आदेश दिएको हो।
मृतक झाका अंगरक्षक समेत रहेका तामाङलाई १ भदौमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो । तामाङविरुद्ध झा पत्नी ज्ञानुले काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी थिइन् ।
गत वर्ष ४ भदौमा ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । लगत्तै, अनुसन्धानका लागि तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो ।
तर, उनीहरुविरुद्ध प्रमाण फेला नपरेपछि तीनै जना छुटेका थिए । तर, तामाङ फेरि पक्राउ परेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment