‘सरकारले सशस्त्र द्वन्द्वकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन चाहेको छैन’
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशस्त्र द्वन्द्वकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार आफैंले नचाहेको दावी गरेका छन्।
आयोगका अध्यक्ष शर्माले सो घटनाको अनुसन्धानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन गर्न गठित आयोगका पदाधिकारी राजनीतिक दलहरुको मिलेमतोमा सिफारिस गर्नका लागि समिति गठन काम समेत सरकारबाट भएको भन्दै असन्तुष्टि जनाए।
बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकारका लागि दक्षिण एशीया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले द्धन्द्धकालीन घटनाको उत्खनन् गर्ने मानव अधिकार आयोगको प्रयासलाई समेत सरकारले अवरुद्ध पारेको स्मरण गराए।
भैरवनाथ गणमा नेपाली सेनाले हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउने काममा मानव अधिकार आयोग लागेपनि त्यसमा सरकारले भाँजो हालेको उनको दावी छ ।
आयोगका अध्यक्ष शर्माले सरकारले संविधान र कानुनलाई समेत तजविजीमा राखेर मानव अधिकार हनन्को घटनालाई संरक्षण गर्ने काम गरिरहेको पनि बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment