भारत र चीनका सेनाबीच लद्दाखमा धक्कामुक्की
फाइल फाेटाे।
बीबीसी। भारत र चीनका सेनाबीच पश्चिमी सीमा क्षेत्र लद्दाखमा धक्कामुक्की भएको छ। लद्दाखको पूर्वी क्षेत्रमा गस्तीमा रहेका भारतीय सैनिक र चीनको पिपुल्स लिवरेशन आर्मीबीच जम्काभेट भएपछि बुधबार धक्कामुक्की भएको हो। बुधबार झिसमिसे अघि सुरु भएको धक्कामुक्की साँझसम्म चलेको थियो।
सो घटना लद्दाखको पूर्वी क्षेत्रस्थित पोगोग सो मा भएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ। १ सय ३४ किलोमिटर लामो सो क्षेत्रको दुई तिहाइ हिस्सा चीनको नियन्त्रण रहेको छ।
टाइम्स अफ इण्डियाका अनुसार भारतीय सैनिक गस्तीमा रहेको अवस्थामा उनीहरुको भेट चिनियाँ पीपल्स लिबरेशन आर्मीका जवानसँग भएको थियो। चिनियाँ सेनाले सो क्षेत्रमा भारतीय सैनिकको उपस्थितिको विरोध गरेका थिए।
त्यसपछि दुवै पक्षबीच धक्कामुक्का भएको थियो। त्यसपछि दुवै मुलुकले उक्त क्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका छन्। बुधबार अबेर रातिसम्म त्यहाँ संघर्ष जारी थियो।
टाइम्स अफ इण्डियाले भारतीय सेनालाई उद्धृत गर्दै लेखे अनुसार तनावपछि भारत र चीन ब्रिगेडियर स्तरमा द्विपक्षीय वार्ताको तयारी भइरहेको छ।
यसअघि दोक्लम सिमा विवाद चर्किंदै जाँदा भारत र चीन झण्डै युद्धको नजिक पुगेका थिए। दुई देशबीच कुटनीतिक तहमा भएका वार्ताबाट शान्तिपूर्ण रुपमा जाने सहमती भएपछि चीनको वुहानमा चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक शिखर वार्ता भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment