इसरोले ४,४०० किलोग्रामको उपग्रह प्रक्षेपण गर्‍यो

डिसी नेपाल
१७ कार्तिक २०८२ १४:१५
24
Shares

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सीएमएस-०३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ।

“एलभीएम३-एम५ ले सीएमएस-०३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको छ,” इसरोका अध्यक्ष वी. नारायणनले प्रक्षेपण पछि भने ।

उनले भने, “म सम्पूर्ण इसरो टोली र सबै साझेदारहरूलाई उनीहरूको भूमिका र योगदानको लागि बधाई दिन्छु। आजको मिसनले भारतको लागि अर्को गौरव ल्याएको छ।”

यसका साथै अध्यक्ष वी. नारायणनले यो पनि भने , “आर्थिक वर्षको अन्त्यसम्ममा थप सात उपग्रह प्रक्षेपण गरिनेछ। गगनयानको पहिलो मानवरहित मिसन पनि उन्नत चरणमा पुगेको छ।”

इसरोका अनुसार आइतबार साँझ प्रक्षेपण गरिएको सीएमएस-०३ उपग्रह एक बहु-ब्यान्ड सञ्चार उपग्रह हो।

४,४०० किलोग्राम तौल भएको यो उपग्रह भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा गह्रौं उपग्रह हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.