गजल : जेनजी आन्दोलन
त्याग तपस्या बलिदान यसरी खेर गयो
मानौं शुद्ध पिउने पानी नालामा बगेर गयो
बाँच्नेहरूले बाँच्नु बाहेक केही गरेनन्
बरु मर्नेहरूको प्राण देश सम्झेर गयो
सुरक्षा कार्यकर्ता शुभचिन्तक कोही गएन
भ्रष्टाचारी भागेर गयो सम्पत्ति जलेर गयो
सानोसानो बहानामा दु:ख दिने प्रहरीलाई
जनताले दया नराखी प्रहरी लखेटेर गयो
दिनभर भ्रष्टाचार विरुद्ध नारा लगाउनेले
बेलुका घर फर्किंदा खेलौना चोरेर गयो
रानो बिनाको मौरी यसैलाई भनिन्छ होला
कमिलाले मारेको हात्ती हुँडारलाई छाडेर गयो।
दरबार सँगै देश जल्यो जंगीअड्डा अगाडि
नमक हराम नेपाली सेना मुख छोपेर गयो।
प्रतिक्रिया
















Facebook Comment