राष्ट्रिय युवा संघकाे एकीकरण अन्तिम चरणमा, शुक्रबार संयुक्त बैठक

डिसी नेपाल
२६ भदौ २०७६ १२:२०

काठमाडौं। नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले पार्टीसँग अनुमति लिएर ३३५ सदस्यीय केन्द्रीय समिति गठन गर्ने बताएको छ।
तत्कालीन युवा संघ र वाईसीएलका निर्वाचित सदस्यहरुलाई समेट्न यसअघि पार्टीले दिएको २५१ को सिलिङले नपुगेकाले ३३५ सदस्यीय बनाउन लागिएको हो।

राष्ट्रिय युवा संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीसँग अनुमति मागेर ३३५ सदस्यीय केन्द्रीय समिति बनाउन लागिएको जनाउको छ। विज्ञप्तिका अनुसार साविक युवासंघबाट १७६ र साविक वाइसिएलबाट १५५ जना सदस्य चयन गरिनेछ। बाँकी चार जना भने पछि मनोनित गरिने जनाइएको छ।

यसैगरी केन्द्रीय समितिको एक तिहाइ हुन आउने १११ सदस्यीय सचिवालयमा साविक वासिएलबाट ५२ र साविक युवा संघबाट ५७ सदस्य चयन गरिनेछ।

केन्द्रीय कार्यालयको ९ सदस्यका लागि साविक युवा संघबाट ५ र साविक वासिएलबाट ४ सदस्य चयन गरिने बताइएको छ।
संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहने बताइएको छ।

यसअघि पस्तावित मस्यौदा विधान यो निर्णय समावेश गरी पारित गरिएको छ। सात प्रदेश मध्ये ३ मा साविक वाइसिएल र ४ मा साविक युवा संघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने सहमति भएको छ।७७ जिल्ला मध्ये ४२ जिल्लामा साविक युवा संघले र ३५ जिल्लामा साविक वाइसिएलले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने सहमति भएको छ।

एकता प्रक्रियालाई चाँडो टुग्याउन भदौ २७ गते साविक पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको छ। नयाँ चयन हुने केन्द्रीय समतिको बैठक असोज ९ गते काठमाडौंमा बस्ने विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *