डोनाल्ड ट्रम्पले भने, ‘मोदीले रुसबाट तेल किन्न लगभग बन्द गरिसकेका छन्, उनी मेरा साथी हुन्’

डिसी नेपाल
२१ कार्तिक २०८२ ११:०४
44
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै भारत भ्रमण गर्ने बताएका छन्।

“प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल किन्न लगभग बन्द गरिसक्नुभएको छ। उहाँ मेरो साथी हुनुहुन्छ। म उहाँसँग कुरा गर्नेछु। उहाँ मलाई भारत बोलाउन चाहनुहुन्छ। हामी यो कुरा मिलाउनेछौं,” उनले बिहीबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा भने।

ट्रम्पले फेरि एक पटक भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको दाबी गरेका छन्।

उनले भने – उनले भारत र पाकिस्तान बीचको द्वन्द्व रोक्न “ट्यारिफलाई हतियारको रूपमा प्रयोग गरेका थिए।” उनको “हस्तक्षेप” ले २४ घण्टा भित्र द्वन्द्व समाप्त गर्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.