पाकिस्तान-अफगानिस्तान वार्ता असफल, तालिबान सरकारले दियो चेतावनी
काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ। इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमाथि सार्ने प्रयास गरेको आरोप लगाएको छ।
अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जारी गरेको विज्ञप्तिमा भनिएको छ , “इस्लामिक इमिरेट्सको असल नियत र मध्यस्थकर्ताहरूको सबै प्रयासका बाबजुद पनि पाकिस्तानी प्रतिनिधिमण्डलको गैरजिम्मेवार व्यवहारका कारण वार्ता कुनै निष्कर्षमा पुग्न सकेन।”
जबिहुल्लाह मुजाहिदले भने, “कसैलाई पनि अफगानिस्तानको भूमि कुनै पनि अन्य देशको विरुद्ध प्रयोग गर्न अनुमति दिइने छैन, न त कुनै पनि देशलाई आफ्नो भूमिबाट अफगानिस्तानको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र सुरक्षा विरुद्ध कारबाही गर्न वा समर्थन गर्न अनुमति दिइनेछ।”
उनले भने – वार्ताको क्रममा पाकिस्तानी पक्षले आफ्नो देशको सुरक्षासँग सम्बन्धित सबै जिम्मेवारी अफगान सरकारमा सार्ने प्रयास गर्यो, जबकि आफ्नो तर्फबाट अफगानिस्तानको सुरक्षा वा आफ्नो देशमा शान्तिको लागि कुनै पनि जिम्मेवारी स्वीकार गर्न इच्छुकता देखाएन।
जबिहुल्लाह मुजाहिदले भने, “पाकिस्तानका जनता अफगान जनताका दाजुभाइ हुन्। अफगानिस्तानले उनीहरूको कल्याण र शान्तिको लागि प्रार्थना गर्दछ र आफ्नो जिम्मेवारी र क्षमता अनुसार उनीहरूसँग सहकार्य जारी राख्नेछ।”
उनले भने – अफगान जनताको सुरक्षा गर्नु अफगान तालिबानको कानुनी र राष्ट्रिय जिम्मेवारी हो र कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ सामना गरिनेछ।







डिसी नेपाल








Facebook Comment