त्रुटि गर्ने प्राविधिकमाथि कडा कारवाही हुन्छः मन्त्री राई

डिसी नेपाल
२६ भदौ २०७६ २२:४९

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पूर्वाधार डिजाइनका काममा त्रुटि गर्ने प्राविधिकमाथि सरकारले कारवाही गर्ने बताएका छन्।

‘डिप्लोमा इञ्जिनीयर्स एशोसिएशन नेपाल (डिन)को केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उनले दोष जति सरकारलाई दिएर प्राविधिक र निर्माण व्यवसायी उम्किन नमिल्ने बताए।

कुनै पनि निर्माण योजनामा त्रुटि हुनु प्राविधिकको दोष भएको मन्त्री राईले बताए। “प्राविधिकले सरकारलाई दोष दिने र सरकारले प्राविधिकलाई दिने होइन, हामी दायित्व लिन तयार छौँ, तर प्राविधिकले समयमै सल्लाह दिनुपर्यो, अरुलाई दोष दिएर उम्किन मिल्दैन”, उनले भने।

निर्माण योजनाको डिजाइन र अनुगमनमा कमजोरी नगर्न आग्रह गर्दै मन्त्री राईले काममा त्रुटि गर्ने प्राविधिक तथा ठेकेदारलाई सरकारले कडा कारवाही गर्ने उल्लेख गरे।

उनले कानूनी प्रावधानभन्दा बाहिर जान खोज्ने प्राविधिक वा ठेकेदार जोसुकैलाई पनि कानूनी प्रक्रियामा ल्याएर कारवाही गरिने बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *