कविता : तारा तारा

शंकरप्रसाद रिजाल
२९ कार्तिक २०८२ ७:३३
220
Shares

तारा तारा आकासमा झिल्मिलाई रहेछन्
मनको एकान्तलाई साथ दिइ रहेछन्।

साथी मेरो कोही छैनन् एक्लो छु म एकलै
ती तारा मेरो साथमा साथ दिन्छन् सधैं।

दिनमा छैन कोइ मेरो साथ दिने कोहीपनि
तारा आकासबाट बोलाउँछन् तिमीनै हो भनी।

हे तारा म कसरी आउँ तिम्रो त्यो लोकमा
तिमी बिना अब बस्न सक्तिन यो भूलोकमा।

देखे मैले सबैलाई मन छोई छोई कन
रोएँ म सबैको समिप आँसु बहाइकन।

सुनसान रातमा तारा तारा गनिकन
माथि माथी उडेथें ती तारा भेटुँलाकी भनी।

एक तारा ज्योतिको बत्ती आउँछ तल तल
सामुन्ने आयी जाउँ भन्छ माथि माथि हरपल।

सपना हो कि बिपना हो म भन्न सक्तिन
मनमा कुनै कुरा राखेर म बस्न सक्तिन।

तिमीले साथ नदेपनि मलाइ चल्न आउँछ
हर आगोबाट डढेको छु जल्न मलाई आउँछ।

ताक्दिरले साथ नदिएपनि बस्न मलाई आँउछ
रातको अन्धकारमा तारा चुम्न आउँछ।

साथी बिनापनि जीवन बिताउन आउँछ
कोही नभएपनि आकासको तारा सम्झी आउँछ।

म आकासका ताराहरुलाई धर्तीमा उतार्न चाहन्छु
सारा मानिसहरुलाई मिलेर बसाउन चाहन्छु।

जीवनको मूल उद्देश्यको गाथा सुनाउन चाहन्छु
एक अमर कथाको गीत दृश्य देखाउन चाहन्छु।

भो मलाइ चाहिन्न अब मानिसको बेदनाको जलन
चाहिन्छ मलाइ अब मानिस मानिस बिचको मिलन।

हेर स्वर्ग नर्कको बीचमा बसेको ताराहरुको सहर
तारा तारा भनी बोलाउने मेरो मनको लहर।

मेरो सपनाको संसारलाई ताराहरूले सजाई देउ
ताराहरुको बीचमा बस्नेगरी ध्रुवतारा बनाइदेउ।

मेरो माया

सूर्य जस्तै चम्किलो मेरो माया
चन्द्र जस्तै शान्त मेरो माया
मन नै न्यानो पार्ने मेरो माया
रातमा उज्यालो छर्ने मेरो माया

छुँदा आगो नै बाल्ने मेरो माया
डर त्रास सबै भगाउने मेरो माया
सारा इच्छा पूरा गर्ने मेरो माया
तिम्रा आँखाहरु नीलमणि सरह देखिने

नीला प्रकाश फैलाउने मेरो माया
तिम्रा ओठहरुले सुसेली हालेको र
नरम र मिठा आवाजको मेरो माया
तिम्रा जिउमा मधुर हावा बगेको माया

मेरो तिमीप्रति रहेको “अमर” माया
तिम्रो न्यानो पाखुरामा गुण बनाई
शान्तसँग बस्ने मेरो इच्छा जहाँ
जिवको हरेक श्वास प्रश्वासमा

श्वर्गको सबै आनन्द भेटिने बिश्वाश छ
म तिमीलाई जीबन भर माया गर्न सकूँ
तिम्रो मुस्कानले मेरा सबै कामना पूरा हुनेछन्
लामो संगीतको लहर जस्तो अविरल धारा बगिरहोस्

मधुर बाणीमा लयपूर्ण गीत र संगीत बजिरहोस्
तिम्रो मायामा म जीवनको हरेक मार्ग खोज्नेछु
रातमा दिन खोज्नेछु भने दिनमा तिमीनै खोज्दछु
मेरो माया तिमि नै खोज्दछु म तिमी नै खोज्दछु।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *