एनपीएल क्रिकेट : चार टोली मैदानमा

डिसी नेपाल
२ मंसिर २०८२ ७:४१
68
Shares

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ।

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्। विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन्।

यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ। जितसँगै काठमाडौंले अंकतालिकामा दुई अंक पनि जोड्यो।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ। प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *