हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको १४८ रनको लक्ष्य

डिसी नेपाल
३ मंसिर २०८२ १७:५६
16
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा काठमाडौं गोर्खाजलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १४७ रन बनाएको हो।

सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३९ रन बनाएर आउट भएका थिए। त्यस्तै हर्मित सिंहले १९ बलमा ५० रन पूरा गरेर अर्धशतक बनाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *