आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा
काठमाडाैं। संक्रमणकालीन न्यायसँगसम्बन्धीत आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन्।
विस्तृत शान्ति सम्झौता भएको १९ बर्ष पुरा भएपनि आफुहरुले न्याय नपाएको र आयोगलाई राजनीतिक भागवण्डाको थलो बनाइएको भन्दै द्वन्द्वपीडितहरुले शुक्रबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका हुन्।
उनीहरुले विधि प्रक्रिया मिचेर तेश्रो पटक पनि दलीय भागवण्डा र राजनीतिक नेतृत्वबाट नियन्त्रित आयोगहरु तत्काल खारेज गर्न माग गरेका छन्।
त्यस्तै पीडित समूदायले बहिष्कार गरेका आयोग पदाधिकारीहरुले तत्काल राजीनामा गर्नुपर्ने र द्वन्द्वपीडित समूदायलाई विश्वासमा लिएर विश्वश्नीय र पारदर्शी प्रक्रिया आरम्भ गर्र्नुपर्ने वेपत्ता परिवारका सदस्य राम भण्डारीले बताए।
त्यस्तै द्वन्द्वपीडित साझा चौतारीको पूर्व अध्यक्ष सुमन अधिकारीले अहिलेका आयोगका पदाधिकारीहरुले द्वन्द्वपीडितलाई वेवास्ता गरेको बताए। दलीय कोटामा नियक्त भएका पदाधिकारीले द्वन्द्वपीडितको माग पूरा गर्न नसक्ने उनले बताए।
उनीहरुले द्वन्द्वपीडित समूदायको विश्वास भरोसा नभएको आयोगको निरन्तरता पीडितको आशाप्रतिको कुठाराघात र समयको बर्बादी मात्र भएकाले आयोग पुनर्गठन गर्न माग गरेका छन्। सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment