पार्टीमा गुटबन्दी बढको नेकपा महासचिब पौडेलको स्वीकारोक्ती
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी भित्रको गुटबन्दीको सशक्त प्रतिवाद गर्नुपर्ने बताएका छन्।
महासचिव पौडेलले पार्टी भित्र हुने सबै प्रकारका गुटबन्दी अन्त्य गर्न मुर्दावादको अभियान संचालन गर्न पनि पार्टीका युवा नेता, कार्यकर्तालाई कडा निर्देशन दिए। पार्टीको हितका लागि, संगठनको हितका लागि पनि गुटगत गतिविधिविरुद्ध पार्टीका नेता, कार्यकर्ताले सशक्त प्रतिवाद गर्नुपर्ने महासचिव पौडेलको चेतावनीयुक्त भनाई छ ।
पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गुट र पार्टी सँगसँगै अघि बढन नसक्ने पनि बताए। ‘गुटको हितमा लागे पार्टीको हित गर्न सकिँदैन,’ महासचिव पौडेलको तर्क थियो, ‘त्यसैले बुझ्नोस् पार्टीको हितमा काम गर्र्नुहुन्छ भने गुटगत गतिविधिलाई मुर्दावाद भन्नैपर्छ ।’
महासचिव पौडेलले गुटको हित गर्नेले पार्टीले अहित गर्ने भएकाले पार्टीका हरेक कार्यकर्तालाई गुटगत गतिविधिलाई छाडेर एकतावद्ध संगठन र त्यसको प्रभावकारी परिचालनमा केन्द्रित हुन पनि सचेत गराए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment