एनपीएलः सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
काठमाडौं। नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गतको शुकबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई एक सय ९४ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ९३ रन बनाएको हो।
सुदूरपश्चिमका जोश ब्राउनले ६८ रनको अर्धसतकीय पारी खेले। यस्तै बिनोद भण्डारीले ४३ रन बनाउँदा क्रिश लिनले ३१ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए। पोखराका जिमी निशामले तीन विकेट लिए। यस्तै आकाश चन्द र डेन दुथवेटले दुई दुई विकेट लिए।
एनपीएलमा पोखरा पहिलो जितको खोजीमा भिड्दै छ भने सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा छ। सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो। पोखरा भने विराटनगर किंग्ससँग पहिलो खेलमा पराजित भएको थियो।







डिसी नेपाल








Facebook Comment