सञ्चार माध्यममाथि खनिए उद्योगमन्त्री यादव

डिसी नेपाल
२७ भदौ २०७६ १९:१०

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सञ्चार माध्यममा आएका समाचारको विषयलाई लिएर सञ्चारजगतप्रति रोष प्रकट गरेका छन्।

राजधानी काठमाडौंमा शुक्रबार आयोजित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले प्रेस जगतप्रति आक्रोश पोखेका हुन्। उनले पत्रिकाका मालिकहरु व्यापारी पनि भएकाले आफु अनुकुलका समाचार लेखाउने गरेको आरोप लगाए। उनले कालोबजारी, तस्कर, भ्रष्ट र विगतमा देश लुटेको पैसा मिडियामा लगानी गरेकाहरु नै आफु र सरकार विरुद्ध उत्रिएको आरोप समेत लगाए।

उनले भने, ‘पत्रिकाका मालिकहरु पनि व्यापारी छन् । खुद पत्रिका मात्रै चलाएर बसेका छैनन् । ठूला ठूला व्यापारी छन् । कतिपय मिडियाहरु त कालाबजारी र तस्करहरुको छ । भ्रष्ट, विगतमा देश लुटेको पैसा लगानी गरेको मिडियाहरु पनि छन्।’

उनले मिडियाले समाचार छापेर आफुसँग पैसाको बार्गेनिङ गरेको पनि दाबी गरे। राज्यको चौथो अंग भन्ने मिडिया सँधै प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख उने बार्गेनिङ गर्न खोज्नेप्रति ‘मिडिया म्यानेज’ गर्न नजाने बताए।

उनले भने, ‘आक्रामक हुनुपर्छ रे । नभएको कुरा पनि लेख्दिनुपर्छ भन्ने छ । अनि त्यसपछि ती मन्त्रीहरु म्यानेज गर्न आउँछन् । ती कर्मचारीहरु म्यानेज गर्न आउँछन् । जे जे लेखे पनि मात्तृका कहिल्यै पनि म्यानेज गर्न जाँदैन । म त्यो कहिल्यै पनि गर्दिन । बरु लेखोस् ,जे जे लेखोस् लेखोस्।’ उनले जबरजस्ती पत्रिकाहरुले सरकारलाई साल्ट ट्रेडिङ्गको विरोधमा उभ्याउने काम गरेको आरोप पनि लगाए।

सरकारले निकासी पैठारी सम्बन्धमा अत्यावश्यक वस्तु आयातको बारेमा मात्रै भिन्न व्यवस्था गरेको भएपनि साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गर्दै आएको काम निजी क्षेत्रलाई दिने कुनै निर्णय नभएको स्पष्ट पारे। सँधै मिडिया प्रति आक्रमक देखिने मन्त्री यादवले शुक्रबार पनि आफ्नो सम्बोधनको अधिकांश समय मिडिया क्षेत्रमाथिको आक्रोश र असन्तुष्टिमै खर्च गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *