आर्यन र साम्राज्ञीको ‘कायरा’ युट्युबमा रिलिज
काठमाडौं। चकलेटी अभिनेता आर्यन सिग्देल र पछिल्लो समयकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘कायरा’ युट्युबमा सार्वजनिक गरिएको छ।
शुक्रबार पुरा चलचित्र युट्युबमा सार्वजनक गरिएको हो। चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्।
गतवर्षको साउनमा प्रदर्शनमा आएको चलचित्रले हलमा औषत ब्यापार गरेको थियो।
चलचित्रमा आर्यन र साम्राज्ञीका साथमा शिशिर राणा, हितेश शर्मा, टिसुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment