सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
७ मंसिर २०८२ १०:५७
4.7k
Shares

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलमा दुई हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम छ। शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला तीन हजार १०० रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *