पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्सको एक करोड एक लाख र एफवान समूहको ७५ लाख सहयोग

डिसी नेपाल
७ मंसिर २०८२ २२:३८
8
Shares

काठमाडौं । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले एक करोड एक लाख सहयोग गरेको छ।

आज यहाँ अर्थ मन्त्रालयमा उक्त रकम बराबरको भौचर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएको मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए।

यसअघि मङ्सिर ३ गते एफवान सफ्ट ग्रुपअन्तर्गत एफवान सफ्ट इन्टरनेसनल, इसेवा लिमिटेड तथा फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा कम्पनीहरूको संयुक्त योगदानस्वरूप रु ७५ लाख कोषमा जम्मा गरिएको थियो।

दुवै संस्थाको योगदानप्रति सरकारका तर्फबाट अर्थमन्त्री खनालले विशेष आभार व्यक्त गरेका छन्। कोषमा आजसम्म नौ करोड ३० लाख जम्मा भएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *