एनपीएलः सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ४५ रनले पराजित
काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ। सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीलाई ४५ रनले पराजित गर्दै सुदुरपश्चिमले लगातार तेस्रो जित हासिल गरेको हो।
सुदुरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर मात्र ९४ रन बनायो। कर्णालीका पवन शर्राफले २७ तथा मार्क वाटले १७ रन जोडे। सुदुरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलेले ४ विकेट लिए। यस्तै हरमित सिंह र अविनाश बोहोराले २२ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा एक चौका र २ छक्कासहित ३९ रन जोडे। यस्तै आरिफ शेखले २७ रन बनाउँदा हरमित सिंहले १९ रन जोडे। कर्णालीका कप्तान सोमपाल कामीले तीन तथा नन्दन यादले २ विकेट लिए।
तीन खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ। कर्णालीले भने ३ खेल खेल्दा १ जितसहित तालिकाको तेस्राे स्थानमा रहेकाे छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment