टी–२० विश्वकपः नेपालको पहिलो खेल इङ्ग्ल्यान्डसँग
भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको आगामी वर्षको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ।
नेपालसहित २० टोलीको सहभागिता हुने उक्त विश्वकपको मंगलबार ‘ड्र’ र खेल ताालिका सार्वजनिक भएको छ। सार्वजनिक ड्रअनुसार नेपाल समूह सीमा रहेको छ। सो समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल इङ्ग्ल्यान्डसँग खेल्ने भएको छ। उक्त खेल ८ फेब्रुअरीमा भारतको मुम्बईमा रहेको वानखडे क्रिकेट स्टेडियममा हुनेछ। आईसीसीले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालका समूहचरणका सबै खेलहरु उक्त स्टेडियममा हुनेछन्।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment