एनपीएलः विराटनगरलाई चितवनको १७५ रनको लक्ष्य

डिसी नेपाल
१० मंसिर २०८२ १८:२८
100
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको हो।

आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ। यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ।

चितवन भने दोस्रो जितको खोजीमा मैदानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.