सुदूरपश्चिमलाई लुम्बिनीले दियो १ सय ४४ रनको लक्ष्य

डिसी नेपाल
११ मंसिर २०८२ १३:३९
20
Shares

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको हो।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५, दिलीप नाथले ३१, डार्शी शर्ट र सुुमित महर्जनले १८-१८ र गुल्बदिन नइमले ११ रन बनाए।

सुदूरपश्चिमका लागि अभिनाश बोहरा र हरमित सिंहले तीन-तीन, हेमन्त धामीले दुई तथा स्कट कुगेलेइनले एक विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.