एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा
काठमाडौं। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज भिड्दैछन्।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ। कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अंक जोड्दै अंकतालिकाको तेस्रो नमा छ। आजको खेल जितेर चितवन ‘प्लेअफ’को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ।
करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ। आजको खेल नजिते काठमाडौंलाई ‘प्लेअफ’ पुग्न कठिन हुने देखिन्छ। यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन्।
प्रतिक्रिया








डिसी नेपाल






Facebook Comment