‘युवा तिमी धुव्रतारा हौ’ को म्यूजिक-भिडियो बिमोचन (भिडियोसहित)

डिसी नेपाल
२८ भदौ २०७६ १७:१६
12
Shares

काठमाडौं । श्रीलक्ष्मी सिंहद्वारा रचित तथा शान्ति सदा र गूरुशरण सदाद्वारा स्वरबद्व स्वदेशी गान ‘युवा तिमी धुव्रतारा हौ’ को म्यूजिक–भिडियो बिमोचन भएको छ ।

मुनलाईट फिल्मस् प्रालिद्वारा उत्पादित तथा सवरी संकल्प समाजको समन्वय रहेको उक्त गीतको निर्देशन आसिक राईले गरेका छन भने गीतमा श्रीलक्ष्मी सिंहको शब्द, गूरुशरणको लय सम्पादन रहको छ ।

न्हुच्छे मर्हजनको संगीत संयोजन रहेको उक्त गीतलाई शान्ती सदा एण्ड गूरुशरण सदा नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतले देशमा विद्यमान बेरोजगारीको अवस्थालाई आधार मानेर विदेशिने युवाको पीडालाई उजागर गर्न खोजको छ।

आफ्नो बाध्यताका कारण दैनिक लाखौं युुवाहरु विदेशिरहेको अवस्थामा देशमा नै केही गर्नुपर्छ भन्ने भावनाबाट ओतप्रेत भई स्वदेशमै रोजगारीका सम्भावना खोज्न आवश्यक रहेको भावना समेटिएको छ।

‘युवा तिमी ध्रुव तारा हो, युवा तिमी सगरमाथा हौ’ भन्ने मूल भावसहित देशको विकास युवाको काँधमा रहको भन्ने भावनालाई पनि उक्त गित मार्फत सन्देश दिन खोजिएको छ।

गीतमा वरिष्ठ कलाकार उक्तम केसी, लक्ष्मण चौलागाँई, गोमा काफ्ले, आदित्य ठकुरी, संगिता श्रेष्ठ, सन्तोष गुरुङ तथा सावित्रा भुजेलको निकै नै सुन्दर अभिनय रहेको छ। गीतमा बालकलाकारको रुपमा शशि सदा, सगुन सदा, शक्ति सदा, समिक्षा सदाको भूमिका छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *