पाँच हजार किलो गाँजा नष्ट

डिसी नेपाल
२० मंसिर २०८२ १५:४४
24
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न समयमा पक्राउ गरेको करिब ५ हजार किलो गाँजा नष्ट गरेको छ।

मोरङ प्रहरीले आर्थिक बर्ष २०८०/८१ देखि हालसम्म पक्राउ गरेको गाँजा नष्ट गरेको हो। नष्ट गरिएको गाँजाको मूल्य करिब दुई करोड रुपैयाँ बराबर हुने बताइएको छ।

कानुनी प्रक्रिया र प्राविधिक कारणले लामो समय थुप्रिएका गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले जानकारी दिए। उनले पहिले गाँजा जलाउने गरिएको भए पनि त्यसबाट वातावरणीय प्रदुषण हुने भएकाले यसपटक आफ्नै परिसरमा गाडिएको बताए।

बढी मूल्य र फाइदा हुने भन्दै गाँजा नेपालबाट भारततर्फ चोरी तस्करी हुने प्रमुख वस्तुमा पर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *