स्मरण शक्ति बढाउनका लागि अमृत समान यि खानेकुरा
काठमाडौं । स्वस्थ जीवनका लागि खानपानले अहम भूमिका खेलेको हुन्छ । शारीरिक एवं मानसिक रुपमा स्वस्थ रहनका लागि स्वास्थ्यवर्धक भोजन आवश्यक हुन्छ । अझ मस्तिष्कलाई स्वस्थ र मजबुत बनाउनका लागि स्वास्थवर्धक भोजन जरुरी हुन्छ । मुटु, मांसपेशी र फोक्सोलाई जस्तै मस्तिष्कलाई पनि पोषक तत्व चाहिन्छ। नियमित रुपमा यी भोजन गरेमा तपाईको मस्तिष्क मजबुत र स्मरण शक्ति बढ्नेछ।
ब्रो काउलीः
मस्तिष्कको तन्तुहरुलाई सक्रिय बनाउनका लागि ब्रो काउली एकदमै फाइदाजनक हुन्छ। यसमा कोलीन भरपुर मात्रामा पाइन्छ, जसले मस्तिष्कमा नयाँ कोष सेल्स बनाउँछ।
बदामः
हरेकले सँधै एक मुठ्ठी बदाम तथा काजु खानु उपयुक्त मानिन्छ। जसमा भिटामिन ई पाइन्छ, जो स्नायु प्रणालीलाई थप सक्षम बनाउँछ।
अण्डाः
हामी सबैलाई थाहा छ, अण्डा सेवन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ तर यो मस्तिष्कको लागि पनि फाइदाजनक हुन्छ। अण्डामा कोलीन हुने भएकाले छोटो समयको लागि स्मरण शक्तिलाई बढाउने काम गर्दछ।
माछाः
मस्तिष्कको विकासको लागि माछा सेवन गर्नु महत्वपूर्ण मानिन्छ। माछाको बोसोबाट ओमेगा २ पाउन सकिन्छ जसले मस्तिष्क विकासका लागि ठूलो भूमिका निर्वाह गर्दछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment