पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

डिसी नेपाल
२४ मंसिर २०८२ ८:२८
28
Shares

गण्डकी। नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा– ढोरपाटन पर्यटन प्रवद्र्धन कार्यक्रम प्रारम्भ गरेको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका प्रारम्भ भएको कार्यक्रममा सङ्घ आवद्ध सदस्यसँगै पोखरामा क्रियाशील विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मीसहित ४५ जना सहभागी छन् ।

सङ्घका प्रथम उपाध्यक्ष रवीप्रसाद आचार्यका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बागलुङमा कास्कीको घान्द्रुक, बागलुुङ, म्याग्दी र पर्वतका यातायातसम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम दिइने छ । ढोरपाटनमा त्यहाँका पर्यटन व्यवसायीसँग पनि छलफल गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.