काठमाडौंले टस जितेर पहिला ब्याटिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ। काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन्।
अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिम इलिमिनेटरमा भिड्न लागेका छन्। मंगलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम फाइनल प्रवेश गरिसकेको छ। यस्तै इलिमिनेटरको विजयी टिमले बिहीबार विराटनगरसँग प्रतिस्पर्धा गर्दै फाइनल यात्रा तय गर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment