साहित्य सन्तुष्टि मात्र होइन समाज र मानव जीवनका लागि हुनुपर्छ : ओली

डिसी नेपाल
२६ मंसिर २०८२ १५:०७
32
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहित्य सन्तुष्टिका रुपमा मात्र नभएर समाजका लागि र मानव जीवनको लागि उद्देश्यमुलक हुनुपर्ने बताएका छन्।

शुक्रबार ‘युगदूत’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले साहित्यले समाजको ऐनाको रुपमा मात्र नभई समाजको रुपान्तरणमा पनि भूमिका खेल्ने बताए।

उनले भने,‘खाली सन्तुष्टिका लागि साहित्य होइन। साहित्य समाजका लागि मानव जीवनको लागि र उद्देश्यमुलक साहित्य हुनुपर्छ। साहित्यले समाजको ऐनाको रुपमा मात्र होइन त्यो भन्दा अगाडि बढेर समाजको रुपान्तरणमा पनि काम गर्छ। समाजको पथप्रदर्शकको काम गर्छ।

त्यस्तै उनले चिन्तनले र विचारले समाजलाई बाटो देखाउन बताउँदै उनले विश्वका विभिन्न क्रान्तिहरुका प्रेरकहरु ,साहित्यकारहरु र रचनाकारहरु रहेको बताए।

समाजउपयोगी र समाजलाई वास्तवमा सकारात्मक सहयोग पुर्याउने खालको साहित्य आजको आवश्यकता रहेको उनको भनाइ छ। आफ्ना अनुभूति र साहित्यीक प्रतिभालाई बाहिर ल्याउनुपर्ने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *