एसिसी पुरुष यु-१९ एसिया कप : आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा
काठमाडौं। एसिसी पुरुष यु-१९ एसिया कप क्रिकेटमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ। संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन्स रंगशाला दुबईमा जारी खेलमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्न लागेको हो।
खेल बिहान १०ः४५ बजे सुरु हुनेछ।
नेपालले आफ्नो दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ।
आठ टोली सहभागी रहेको यस प्रतियोगितामा समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन्। उपाधिका लागि पुस ६ गते खेल हुनेछ।
नेपाली टोलीमा अशोक धामीको कप्तानीमा १५ सदस्य छन् । जसमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपीन शर्मा, वंश छेत्री र युवराज खत्री रहेका छन्।







डिसी नेपाल








Facebook Comment