बेल्ट एण्ड रोड इनिसिएटिभबारे नेकपा नेता नेपालले के भने?
फाइल फाेटाे
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई)बाट सबै राष्ट्रहरुले लाभ लिन सक्ने दावी गरेका छन्।
नेकपाका विदेश विभाग प्रमुख समेत रहेका वरिष्ठ नेता नेपालले चीनका राष्ट्रपति सी जिन पिङले सबै राष्ट्रको आर्थिक गतिविधिलाई बढाउने उद्देश्यका साथ अघि सारिएको सो अवधारणालाई कुनै पनि राष्ट्रले अन्यथा लिन नहुने बताए। आइतबार काठमाडौंमा आयोजित ‘बीआरआई’ बहस विषयक विचार गोष्ठीको समापन गर्दै उनले सो अवधारणाले कुनै पनि राष्ट्रमाथि अन्य राष्ट्रले हस्तक्षेप गर्न नपाउने व्यवस्थालाई पनि जोड दिइएको स्पष्ट पारे।
वरिष्ठ नेता नेपालले बीआरआईले कुनै एक राष्ट्रको मात्रै नभई विश्वका सबै राष्ट्रहरुको आर्थिक विकास र कनेक्टिभिटिमा जोड दिएकाले यसबाट चीनले मात्रै लाभ लिन खोजेको भन्ने भ्रममा पर्न नहुने तर्क पनि गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment