एपीएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा

डिसी नेपाल
२ पुष २०८२ २०:३७
64
Shares

काठमाडौं। राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको एपीएफ क्लब समूह उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेरश्वरस्थित दशरथ रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतको इस्ट बङ्गालसँग गोलरहित बराबरीमा खेल्दै एपिएफ उपविजेताका रुपमा फाइनलमा प्रवेश गरेको हो।

त्यसैगरी बराबरी खेलसँगैँ इस्ट बङ्गाल पनि समूह विजेता बन्दै प्रतियोगिताको फाइनलमा पुग्यो। खेलको विभिन्न समयमा पाएको अवसर दुवै टोलीले सदुपयोग गर्न नसकेपछि खेलमा गोल हुन सकेन। फाइनल खेल यही पुस ५ गते हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *