प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठक अवरोध

डिसी नेपाल
३० भदौ २०७६ १५:३९

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नारावाजी गरिरहेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार गर्न नसकिने भन्दै नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौं भन्ने अभिव्यक्ति दिएपनि नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाउँदै आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए।

सांसद रोका क्षेत्रीको भनाइको प्रतिवादमा कांग्रेसका सांसदहरुले बोल्न समय माग्दा सभामुखले नदिएपछि सांसदहरुले वेल घेराउ गरेर नाराजाजी गरेका हुन्। अहिले पनि नेपाली विरोध जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *