भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

डिसी नेपाल
१६ पुष २०८२ १५:४९
28
Shares

काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत् चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नवीकरण गरेको हो। यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो।

नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिश्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो। १७ पुसबाट १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म विद्युत आयातको अनुमति पाएको हो। १८ चैतबाट १५ भदौ (१ अप्रिल–३१ अगस्ट २०२६) सम्म्को नविकरण भनेपछि गरिने प्राधिकरणले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत् मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटिसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नविकरण गरिदिन आग्रह गरेका थिए।

उनले आरटिसी मोडमा विद्युत् आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत् माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *