कविता : माटो र म

ठाकुरप्रसाद बराल
१८ पुष २०८२ १३:०३
84
Shares

माटो मै हुँ।
मेरा शरीरका कणहरू
यसैबाट बन्छन्।

मेरा पितामाता यही हुन्
जन्मदासम्म खुब
माया गर्छु।

जन्मेपछि म त्यसैलाई घिनाउँछु।
माटोमा झर्ने हुँ कि?
खाल्डोमा पर्ने हुँ कि?
म र माटोमा समता छ।
मलाई पनि कुमान्छेले
घिनाउँछन्।
माटोदेखि तिनीहरू
डराउँछन्।

ढुंगा फलाम सुन र तामा पनि
मैबाट बन्छन्।
तर कुमान्छेहरू तीनबाट
मलाई छुट्याएर घृणा गर्छन्
सुनलाई उत्कृष्ट ठान्दै
मलाई निकृष्ट कामै नलाग्ने
ठान्छन्।

कोइलालाई मभन्दा भिन्न ठानेर
आगो ताप्छन् आफ्नो स्बार्थका लागि।
फलामलाई बलियो ठानेर
पुलमा तेर्याउँछन्।
तर कुनै दिन ती मसँगै
मिल्न आउँछन्।

म र मान्छेमा पनि
भिन्नता छैन।
म पनि माटो हुँ
मान्छे पनि माटो हो।

उसको कसिलो
सुन्दर अनुहार पनि माटै हो।
माटोमा रंग छैन
त्यसैले हेप्छन्।
मलाई जस्तै
मलाई पनि कुनै रंगले
छुदैन।
किनकि म माटोको
सानो कण हुँ।
म आफैमा रंग हो
आकाश हो
पानी हो
म खुल्दा बग्छु
टासिँदा जमि दिन्छु।
त्यसैले,
म निराकार ,अविभाज्य छु।
मेरो आफ्नै सत्ता छ।

आफैं मिल्नु पर्ने
वा मिलेर छुट्टिएको
माटोका क्षुद्र कणहरू
एक अर्कामा काटाकाट गर्छन्
किनकि, ती कणहरू
अरूबाटै उफ्रिरहेका छन्
बड्केउला जस्तै।
म त माटो हो।
स्थिर शान्त र सुन्दर
माटो मनै सत्य हो
ढुंगा त फुट्छ
आफ्नै घमण्ड र अहंले।
म सास्वत हु।
ब्रह्म परमब्रह्म
मै हुँ।

त्यसैले म मर्छु तर
माटो मर्दैन
त्यही नमरेको माटोभित्रको
घुम्टोमा म पनि
प्रलयमा शान्त र सौम्यताका
साथ मिल्छु।
माटोले मलाई माया गर्ने छ
ढुंगा त त्यहा पनि मलाई
थिच्न आउनेनै छ।
तर उ पनि माटै हो।
मजस्तै माटो।
फगत माटो।

भर्जिनिया अमेरिका


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *