अमेरिकाको आक्रमणमा १०० जनाको मृत्यु, १ हप्ता शोक मनाइने

डिसी नेपाल
२४ पुष २०८२ ११:४१
10.3k
Shares

काठमाडौं । अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा १०० जनाको मृत्यु भएको छ । भेनेजुएलाका गृहमन्त्री डियोसदादो काबेलोले बुधबार राति यसबारे जानकारी दिँदै बताएअनुसार शनिबार भएको अमेरिकी आक्रमणमा राष्ट्रपति निकोलस मादुरो सत्ताच्युत हुँदा करिब १०० जनाको मृत्यु भएको छ।

काराकासले यसअघि मृतकको संख्या सार्वजनिक गरेको थिएन तर सेनाले २३ जनाको नामसूची प्रकाशित गरेको छ। अधिकारीहरूले मादुरोको सुरक्षा टोलीको ठूलो हिस्सा “निर्दयी रूपमा” मारिएको बताएका छन्। क्यूबाले पनि भेनेजुएलामा तैनाथ आफ्ना सैनिक तथा गुप्तचर सदस्यहरू मारिएको जनाएको छ।

मदुरोकी पत्नी सिसिलिया फ्लोरेसलाई छापामार कारबाहीमा टाउकोमा चोट लागेको र मदुरोको खुट्टामा चोट लागेको काबेलोले बताएका छन्। काबेलोले आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा मदुरोलाई “साहसी” भन्दै प्रशंसा गरेका थिए। उनले मंगलबार सैनिकहरूको सम्झनामा एक हप्ते शोक घोषणा गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *