चन्द्र भण्डारी भन्छन्- विशेष महाधिवेशनमा देउवा सहभागी हुनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवासमेत सहभागी हुनुपर्ने बताएका छन्। शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डप पुगेर उनले उक्त कुरा बताएका हुन्।
कांग्रेस विशेष महाधिवेशन मञ्च व्यवस्थापन स्थल पुगेर उनले सञ्चारकर्मीहरूसँग कांग्रेस देउवाको पार्टी भएकाले महाधिवेशनमा उनी सहभागी हुनुपर्ने बताएका हुन्।
भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएकाले सबै नेताहरू त्यसमा सहभागी हुने विश्वास समेत व्यक्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment