डोनाल्ड ट्रम्पलाई कसले दियो धम्की ? ‘पहिले गोली हान्छौं, त्यसपछि मात्र कुरा गर्छौं’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई गाभ्ने धम्की दिएका बेला डेनमार्कको प्रतिक्रिया आएको छ। डेनमार्कको रक्षा मन्त्रालयले धम्की दिएको छ ‘यदि कुनै विदेशी शक्तिले हाम्रो क्षेत्रमा आक्रमण गर्छ भने, हाम्रा सेनाले तुरुन्तै जवाफ दिनेछन् र आदेशको प्रतीक्षा नगरी गोली चलाउनेछन्।’
रक्षा मन्त्रालयले भन्यो – बिना उक्साहट आक्रमण विरुद्धको नियम १९५२ देखिको हो। त्यसपछि डेनमार्कले आफ्नो सेनाको लागि एउटा नियम लागू गर्यो जसमा विदेशी सेनाले देशमा आक्रमण गरेमा सैनिकहरूलाई तुरुन्तै युद्धमा संलग्न हुनुपर्ने व्यवस्था गरिएको थियो।
उनीहरूलाई वरिष्ठ अधिकारीको अनुमति आवश्यक पर्दैन। यो नियम पहिलो पटक १९४० मा लागू गरिएको थियो जब जर्मनीले डेनमार्कमा आक्रमण गर्यो। त्यतिबेला सञ्चार सेवा बन्द थियो र सैनिकहरू के गर्ने भनेर अन्योलमा थिए। रक्षा मन्त्रालयले यो नियम आज पनि लागू रहेको बताएको छ।







डिसी नेपाल








Facebook Comment