विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन मुस्लिम संघको अपिल

डिसी नेपाल
२५ पुष २०८२ १९:२२
548
Shares

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल मुस्लिम संघले विशेष महाधिवेशनमा सक्रिय सहभागी रहन अपिल गरेको छ।

महासचिव प्रवेज आलम अन्सारीले आज एक विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि अपिल गरेका हुन्।

नेपाल मुस्लिम संघले विशेष महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न देशभरिबाट निर्वाचित सम्पूर्ण मुस्लिम महासमिति तथा महाधिवेशन प्रतिनिधिहरूलाई उपस्थित हुन अपिल गरेको छ।

यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *