ट्रम्पलाई नोबेल पुरस्कार हस्तान्तरण गर्न पाइँदैन – नोबेल इन्स्टिच्युट
काठमाडौं । नर्वेजियन नोबेल इन्स्टिच्युटले एक विज्ञप्तिमा भनेको छ – एक पटक नोबेल शान्ति पुरस्कार घोषणा भएपछि यसलाई फिर्ता लिन, हस्तान्तरण गर्न वा अरूसँग बाँड्न सकिँदैन।
भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले सोमबार फक्स न्यूजलाई दिएको जानकारी अनुसार उनले यो पुरस्कार अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रदान गर्न वा बाँड्न चाहेको बताएकी हुन्।
यसपछि, शुक्रबार नर्वेजियन नोबेल संस्थानले एक विज्ञप्ति जारी गर्यो , “एक पटक नोबेल पुरस्कार घोषणा भएपछि, यसलाई फिर्ता लिन, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन।”
त्यसमा भनिएको छ, “नर्वेली नोबेल समितिले शान्ति पुरस्कार विजेताहरूले पुरस्कार प्राप्त गरेपछि के भन्छन् वा गर्छन् भन्ने बारेमा टिप्पणी गर्ने छैन। समितिको भूमिका कुनै विशेष वर्षको लागि नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गर्ने भन्ने निर्णय नभएसम्म मनोनित उम्मेदवारहरूको काम र प्रयासको मूल्याङ्कन गर्नु मात्र हो।”
संस्थानले भन्यो – एक पटक नोबेल पुरस्कार घोषणा भएपछि, निर्णय सधैंभरि मान्य हुन्छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment