फिल्म ‘मायाको गाउँ’ को गीत ‘सबले भन्छन् जिन्दगी त’ युट्युबमा रिलिज

डिसी नेपाल
१३ माघ २०८२ ११:३६
32
Shares

काठमाडौं । फिल्म ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त तेरो आहा छ’ युट्युबमा रिलिज भएको छ । सोमबार रिलिज भएको उक्त गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको स्वर र अर्जुन पोखरेलको संगीत छ ।

अनिल खनालको शब्द रहेको गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतका कलाकारको अभिनय छ।

पछिल्लो समय टिकटकमा छाइरहेको गीतको भिडियो सोमबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो । राजु गिरीले नृत्य निर्देशन गरेको गीतमा प्रेम सम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ ।

फिल्मको प्रदर्शन भने २०८३ सालमा गर्ने जनाइएको छ र यसमा प्रेम सम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ । प्रेमको कथावस्तु समेटिएको फिल्ममा शीतल केसी, सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमिल्सिना, रमेश अधिकारी, माधव खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, रितिका मगर, कृष्ण गदालको पनि अभिनय छ ।

कमला पराजुली निर्माता रहेको फिल्मको निर्देशन कमला फिल्मस् टिमको छ । रामेश्वर हुमागाइँले खिचेको फिल्मको सम्पादन श्याम रानाले गरेका हुन् । विनोद बमको पब्लिसिटी डिजाइन, पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले कलर ग्रेडिङ्ग गरेको फिल्मको मुख्य सहायक निर्देशकमा सुचेन्द्र परियार छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *