सामाजिक सञ्जालमार्फत कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न महामन्त्री पौडेलको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो आस्था र अस्तित्वसँग जोडिएको विषय भएकाले कांग्रेसका सबै उम्मेदवारलाई जिताउनु जरुरी रहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यसपाली जनतामाझ लोकप्रिय उम्मेदवार तय गरेको बताए। कतिपयलाई मन भएको र चित्त समेत दुखेको भए पनि पार्टी एकता कायम राख्ने गरी टिकट वितरण गरिएको उनले बताए।
महामन्त्री पौडेलले भने, ‘पार्टीलाई धेरै सिट जिताउन एकता कायम गर्नु आवश्यक छ।’
यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए।
पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने तयारी गरेको उल्लेख गर्दै महामन्त्री पौडेलले भने सच्चिने र सच्याउने प्रक्रियामा अझ धेरै काम गर्नु जरुरी छ। देश विकासमा प्रष्ट दृष्टिकोण समेट्ने घोषणापत्र आउनेछ।
निर्वाचनमा परिणम ल्याउने गरी सबै लाग्न जरुरी रहेको बताएका उनले सामाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गरे।
हाम्रा १० लाख सक्रिय सदस्य छन्, उनले भने कम्तिमा पनि तीन लाख सदस्य सामाजिक सञ्जालमा सक्रिय हुने हो भने हाम्रा पक्षमा माहोल सिर्जना हुन्छ। हामा उम्मेदवार र पार्टीको बदलिएको नीतिका पक्षमा सबैले सक्दो पोष्ट गरौं।
यस्तो अवस्थामा पार्टीलाई चुनाव जित्न र बदलिएको सन्देश आम नागरिकसमक्ष पुर्याउन सहज हुने समेत महामन्त्री पौडेलले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment