प्रेस युनियन तनहुँका अध्यक्ष मियाँको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
२२ माघ २०८२ २२:३७
28
Shares

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले तनहुँ शाखाका अध्यक्ष शेष मोहम्मद हनिफ (गोरा मियाँ) को निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आज बसेको सचिवालयको आकस्मिक बैठकले तनहुँ शाखाका अध्यक्ष मियाँको ६४ वर्षको उमेरमा बुधबार भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो।

मियाँको हृदयघातको कारण निधन भएको हो। मियाँको निधनले नेपाली पत्रकारिता क्षेत्र र प्रेस युनियनलाई अपूरणीय क्षति पुगेको युनियनका महासचिव दिलिप पौडेलले बताए।

युनियनले दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। मियाँको निधनमा प्रेस युनियन केन्द्रीय समिति, प्रदेश र शाखाले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र तय गरिएका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको महासचिव पौडेलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *