रौतहट दुर्घटना : रास्वपा उम्मेदवार गाडीमा थिएनन्, बालिकालाई सोही गाडीमा अस्पताल लगिएको थियो

डिसी नेपाल
२३ माघ २०८२ १३:००
1.2k
Shares

काठमाडौं । रौतहटमा बिहीबार दिउँसो रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको घटनामा रास्वपा उम्मेदवार शेख सगीरले आफू त्यो गाडीमा नभएको बताएका छन् । रौतहट प्रहरीले पनि उम्मेदवार सगीरको कुरालाई नै समर्थन गरेको छ ।

बिहीबार दिउँसो रौतहटको इशनाथ नगरपालिका वडा नं. ४ मा बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिँदा ४ वर्षकी बालिका अल्फा खातुनको मृत्यु भएको थियो । रौतहट २ बाट रास्वपा उम्मेदवार रहेका शेख सगीरले यो गाडी आफ्नै भएको बताएका छन् ।

सगीरका अनुसार घटना हुनुभन्दा केही समयअघि उनी गाडीबाट ओर्लिएर घरदैलोमा गएका थिए । गाडीमा चालक शेख मुस्ताख मात्रै थिए । चालकले कुनै कामले गाडी चलाउँदा दुर्घटना भएको हुन सम्ने तर दुर्घटना हुँदा आफू गाडीमा नभएको शेख सगीरले बताएका छन् ।

प्रहरीका अनुसार गाडीले ठक्कर दिनेबित्तिकै चालक फरार भएका भने होइनन् । दुर्घटनापछि जम्मा भएका स्थानीयको सहयोगमा चालक शेख मुस्ताखले बालिकालाई सोही गाडीमा राखेर गौर सिटी अस्पताल लगेका थिए । अस्पतालमा डाक्टरले बालिकालाई मृत घोषित गरेपछि भने उनी अस्पतालबाटै सम्पर्कविहीन भएका थिए ।

रास्वपा उम्मेदवार शेख सगीरको दावीअनुसार अस्पतालबाट सम्पर्कविहीन भएका चालक पछि आफैं प्रहरीकहाँ पुगेका थिए । चालकसँग सवारी चालक अनुमति पत्र पनि भएको बताएका छन् । चालकले अचानक बालिका सडकमा आउँदा आफूले नदेखेको प्रहरीमा बयान दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.