महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना: एक जनाको मृत्यु

डिसी नेपाल
२५ माघ २०८२ १०:३४
88
Shares

मलेखु (धादिङ)। थाक्रे गाउँपालिकास्थित महादेवबेंसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।

काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश३-०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए।

दुर्घटनामा एक जनाको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए।

ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको उनले जानकारी दिए। प्रहरी निरीक्षक थापाले भने, “मृतकको पहिचान भइसकेको छैन । दुर्घटनाका घाइतेहरूको सङ्ख्या एकिन भइसकेको छैन। अहिले उद्धारकार्य जारी छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *