घरेलु बक्स अफिसमा १४ करोड कमाइ गरेको फिल्म परान अब मलेसियामा प्रदर्शन हुने
काठमाडौं। नेपाली फिल्म उद्योगमा कमाइ र चर्चाको नयाँ कीर्तिमान स्थापन गरेपछि नीर शाह अभिनीत फिल्म परान अब मलेसियामा प्रदर्शन हुने भएको छ। फिल्म निर्माण पक्षका अनुसार, फेब्रुअरी १४, २०२६ (शनिबार) देखि मलेसियाका प्रमुख शहरका हलहरूमा यो चलचित्र रिलिज हुनेछ।
मलेसियामा फिल्मको प्रदर्शन अधिकार गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया-प्यासिफिक संयोजक हरि भट्टराईले खरिद गरेका छन्। उनले मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत रहेको र उनीहरूको सुविधा तथा समयतालिका अनुसार शोहरू तय गरिएको बताए।
दीपक आचार्य (काकु) निर्देशित परान नेपालमा बलियो वर्ड-अफ-माउथका कारण अत्यधिक चर्चा कमाएको फिल्म हो। यसले वर्ष २०८२ को हालसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको उपाधि पनि प्राप्त गरेको छ।
फिल्मका निर्माता शेखर गोल्छा, रञ्जित आचार्य हुन् भने मुख्य कलाकारको रूपमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा लगायतले अभिनय गरेका छन्।







डिसी नेपाल







Facebook Comment