अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो

डिसी नेपाल
२८ माघ २०८२ १३:४१
832
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।

उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो । पाठकलाई बुधबार नेपाल ल्याइएको हो । काभ्रेका पाठकविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो। नोटिस जारी भएपछि उनी फिलिपिन्समा भएको खुलासा भएको थियो । फिलिपिन्स प्रहरीले पक्राउ गरेर उनलाई इन्टरपोलमार्फत नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

प्रहरीका अनुसार आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत अख्तियार प्रमुख राईसहितका अधिकारीहरूलाई धम्की दिएका थिए । उनी भारत र इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.