टी-२० विश्वकप : दक्षिण अफ्रिकाको अफगानिस्तानमाथि रोमाञ्चक जित

डिसी नेपाल
२८ माघ २०८२ १६:५०
68
Shares

काठमाडौं। टी-२० विश्वकप अन्तर्गत आज भएको समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ।

बुधबार भारतको नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले दुई सुपर ओभरमा अफगानिस्तानलाई पराजित गराउँदै रोमाञ्चक जित निकालेको हो।

पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ रन बनाउँदै खेल दोस्रो सुपर ओभरमा लगेको थियो।

दोस्रो सुपर ओभरमा पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले २४ रनको लक्ष्य दिएको थियो । २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दोस्रो सुपर ओभरमा १९ रन मात्र जोड्न सफल भयो।

समूहमा ’डी’मा रहेको दक्षिण अफ्रिकाको यो दोस्रो जित हुँदा अफगानिस्ताले भने लगातार दुई म्याच हारेको छ। यसअघि अफगानिस्तान न्युजिल्याण्डसँग १० विकेटले नै पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.